काठमाडौं, 11 जून 2022
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहर व्यवस्थापनको दिर्घकालिन समाधान खोजिने बताउनुभएको छ । शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भएपनि दिर्घकालिन समाधान खोजिने भन्दै विभिन्न योजनाहरु तयार भइरहेको बताउनुभयो । उहाले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो । डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइदिन पनि आग्रह गर्नुभयो । उहाले फोहर व्यवस्थापनका गरेको प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।









































