HomeFeatureघर थाहा नभएपछि 4 वर्षदेखि कैलालीकी एक बालिका भारतको आश्रममा रहँदै, घर...

घर थाहा नभएपछि 4 वर्षदेखि कैलालीकी एक बालिका भारतको आश्रममा रहँदै, घर पुऱ्याउन सहयोग गरौं

नयाँ दिल्ली, 16 अक्टोबर

घरको यकीन ठेगाना थाहा नहुँदा विगत 4 वर्षदेखि एक बालिका आश्रममा रहँदै आएकी कैलालीको सुख्खडकी एक बालिका आफ्नो घर फर्किन पाएकी छैनिन । 11 वर्षको उमेरमा हराएर उत्तर प्रदेशको कानपुरको एक बालिका आश्रममा पुगेकी प्रियंका अहिले 15 वर्षकी भएकी छिन । आश्रमले त्यसयता उनको परिवारको खोजीका लागि कयौं प्रयास गरेपनि केही थाहा नहुँदा अहिले आफन्त नेपाललाई परिवार खोज्ने जिम्मा दिइएको छ । आफन्त नेपालका अनुसार प्रियंका चौधरी नाम बताउने उनले बुवाको नाम राम प्रसाद र आमाको नाम सिता रानी बताएकी छिन । उनले आफ्नो घर करैचा, सुख्खड, कैलाली मात्र बताएकाले उनको परिवारलाई खोज्न समस्या भएको छ । उनले आफ्नो भाईको नाम देवराज, बहिनीको नाम विनीता र काकाको नाम राम बहादुर बताएकी छिन । प्रियंकाले दिएको जानकारी अनुसार उनका बुवाले मदिरा सेवन गरि घरमा झगडा गर्ने गरेकाले उनकी आमाले 4 वर्षपहिले उनलाई लिएर अयोध्याको रामपेरी लिएर आएकी थिइन । उनिहरु त्यहा रहेका बेला जानकी महल मन्दीरमा खाना खाने गरेका थिए । त्यहाँ उनिहरु एक महिनादेखि रहिरहेका थिए । त्यस क्रममा उनकी आमाले उनलाई शैम्पु र मम्फली किन्न पठाएपछि उनि घरको बाटो बिराएर हराएकी थिइन । त्यसपछि उनि रेलवे स्टेशन नजिक एक गिरजाशंकर नामक व्यक्तिसँग भेटिएको र त्यसपछि ती व्यक्तिले उनलाई परिवारलाई भेटाइदिने भन्दै कानपुर पुऱ्याएका थिए । कानपुरमा भने रेलवे पुलिसले गिरजाशंकरलाई हिरासतमा लिएर बालिकालाई आश्रमको जिम्मा लगाएको थियो । तस्वीरमा देखिएकी बालिका प्रियंकालाई चिन्नु भएको छ भने दिल्लीमा नवीन जोशीलाई +919716293602  मा र नेपालमा आफन्त नेपाललाई -015533378/015542539 मा सम्पर्क गरि जानकारी दिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...