HomeFeatureघाँटी रेटिएको र विभिन्न भागमा चोट लागेको अवस्थामा शव पानीमा भेटियो

घाँटी रेटिएको र विभिन्न भागमा चोट लागेको अवस्थामा शव पानीमा भेटियो

दिल्ली, 4 सितम्बर 2021

भारतको जयनगर बजार नजिक एक नेपाली युवकको शव भेटिएको छ। नेपालको सिरहा-सँग जोडिएको, भारतको बिहारको मधुवनी जिल्ला,  अन्तर्गत जयनगर नजिकै एक नेपाली युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको  हो। घाँटी रेटिएसंगै शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा पानीमा शव फेला परेको बताईएको छ। शव सिरहाको गोलबजार नगरपालिका–4 निपनियाँका 40 वर्षीय, दुखरण महराको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महराको शव जयनगरकै एक अस्पतालमा राखिएको छ। पारिवारिक स्रोतका अनुसार महरा बिहीबार मोटरसाइकल किन्न भनेर निस्किएका थिए । मोटर-साइकल किन्ने विषयमा मृतक र उनकी आमाबीच विवाद समेत भएको बताइएको छ । शनिबार विहान वेवारिसे अवस्थामा भारतीय प्रहरीले जयनगर नजिकै शव भेटेको थियो । मृतकको पकेटमा रहेको डायरीमा लेखिएको फोन नम्बरका आधारमा नेपाली रहेको पुष्टि भएपछि नेपाल प्रहरीसँग समन्वय गरेर परिवारलाई बताइएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...