चण्डीगढ, 14 जुन 2021
चण्डीगढमा दुवै मृगौला फेल भएपछि श्रीमानले पनि छोडेर फरार हुँदा उपचार र खानपिनका लागि आर्थिक समस्यामा परेकी रोल्पा चक्करी घर भएकी मदन घर्ती मगरकी 27 वर्षीय छोरी तीला थापालाई नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र चण्डीगढ अन्तर्गत शाखा किशनगढले 1 महिनाको खाद्यान्नसहित नगद सहयोग गरेको छ । चण्डीगढ सेक्टर 45 बुडैलमा बसोबास गर्दै आएकी मृगौला पीडित तीला थापाको PGI चण्डीगढमा उपचार भइरहेको छ । उनको सातामा 2 पटक डाइलासिस गराउनुपर्ने अवस्था छ तर कोभिड महामारीका कारण उनकी आमाको निधन हुनुका साथै बुवाको पनि नौकरी छुटेपछि उनिहरु झनै आर्थिक समस्याबाट गुज्रीरहेका छन । उनिहरुको घाउमा मल्हम लगाउने उद्धेश्यका साथ नेजस पश्चिमोत्तर क्षेत्र चण्डीगढ अन्तर्गत शाखा किशनगढ र शाखाकै महिला समितिले आफ्ना सदस्यहरुसँग संकलन गरेको 15 हजार र एक महिनाको खाध्यान्न पीडित महिलालाई प्रदान गरिएको हो । शाखाका अध्यक्ष युवराज अर्याल, सचिव बिष्णु गौतम, कोषाध्यक्ष काशीराम बस्याल, उपाध्यक्ष रामु खनाल, क्षेत्रीय सदस्य छबीलाल पाठक र महिला समितिकी उपाध्यक्ष कुन्ता भुसाल र सहसचिव सीता अर्यालको पहलमा क्षेत्रीय महासचिव गोबीन्द भट्टराई, क्षेत्रीय प्रमुख सल्लाहकार राजु चन्द, शाखा चण्डीगढका अध्यक्ष सनी शर्मा र शाखा बुडैलका सचिव हेमन्त डांगीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो ।
शाखाले , नेजसले मृगौला पीडित महिलाका फरार श्रीमानको खोजी शुरु गरेको जानकारी दिँदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।









































