HomeFeatureचल्ला र दानामा कृत्रिम रूपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न राष्ट्रिय कुखुरापालक...

चल्ला र दानामा कृत्रिम रूपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न राष्ट्रिय कुखुरापालक संघर्ष समितिको माग

काठमाण्डौँ, 18 फरवरी 2020

राष्ट्रिय कुखुरापालक संघर्ष समितिले चल्ला र दानामा कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ। संघर्ष समितिले मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा ज्ञापन पत्र बुझाउँदै चल्ला र दानामा कृत्रिम वृद्धि गराइएको भन्दै फिर्ता गराउन माग गरेको हो। संघर्ष समितिका संयोजक विष्णु खड्काले गत माघ ११ देखि १८ गते सम्म ८ दिनको बिचमा तीन पटक गरी प्रतिगोटा चल्लाको मूल्य ३० रुपैयाँले बढाइएको बताउनुभयो। उहाँले चल्लाको मूल्यमा भएको कालोबजारीको विरुद्ध वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरी दिएपनि कुनै चासो नदिनुले कालोबजारीमा विभागको समेत मिलेमतो भएको आरोप लगाउनुभयो। उहाँले आफुहरु अन्यायमा परेको अवस्थामा सरकार समेत चुप बस्दा पेशा छोड्ने अवस्थामा पुगेको बताउनुभयो।

कुखुरापालक किसानहरुको ज्ञापनपत्र बुझ्दै विभागका महनिर्देशक नेत्रप्रसाद सुवेदीले अफुलाई व्यापारी तथा उद्योगीसँग मिलेको उल्लेख भएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले विभागले कसैसँग मिलेमतो नगरेको स्पस्ट पार्दै चल्ला र दानाको मूल्य बढेको विषयमा भिगाले अनुसन्धान गरिरहको बताउनुभयो। उहाँले कुरा मिलुन्जेल मिलेमतोमा मूल्य बढाउने र विग्रिएपछि एकैदिनमा समाधान खोज्ने प्रवृतिको अन्त्य गर्न किसानहरुलाई आग्रह गर्नुभयो। उहाँले क्रान्तिकारी कुरा गरेर समस्याको समाधान नहुने भन्दै विभागलाई वस्तुगत आधारहरु प्रस्तुत गर्न किसानहरुलाई आग्रह गर्नुभयो।

महानिर्देशक सुवेदीले चल्ला र दानाको मूल्य निर्धारण र किसानले मूल्य नपाउने विषय गम्भिर भएकाले विभागको ध्यानाकर्षण भइसकेको बताउनुभयो। उहाँले आवश्यक अध्ययन बिना हचुवाका भरमा कारबाही नहुने र विधि प्रक्रिया पुरा गरी कारबाही गरिने आश्वासन समेत दिनुभयो। राष्ट्रिय कुखुरापालक किसान संघर्ष समितिले गत माघ २० गते चल्ला र दानाको मूल्यमा कृत्रिम वृद्धि गराइएको भन्दै कारबाही गर्न लिखित रुपमा निवेदन दिएको थियो। तर अहिलेसम्म कारबाही हुन नसकेपछि आफुहरु ठूला उद्योगी व्यवसायी र सरकारी निकायबीचको मिलेमतोमा कालोबजारी भइरहेको निष्कर्षमा पुगेको उनिहरुले बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...