HomeFeatureचालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने 20 हजार 4...

चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने 20 हजार 4 सय 33 जनालाई कारबाही

काठमाण्डौ, ९ फरवरी 2020

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने 20 हजार 4 सय 33 जनालाई कारबाही गरेको जनाएको छ। महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी साउन यता 20 हजार 4 सय 33 जना सवारी चालकहरुलाई कारबाही गरेको जनाएको हो। महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भीम प्रसाद ढकालले जथाभावी पार्किङ गर्ने, सवारी मोडने, ढाका खुल्ला राख्ने, एकतफी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लायतका सवारीचालकहरुलाई कारबाही गरिएको बताउनुभयो। उहाँले पुष 1 गतेदखि सञ्चालन गरिएको ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत 81 हजार 2 सय 89 जनालाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना लगायतका विषयमा शिक्षा दिएको समेत बताउनुभयो।

उहाँले ट्राफिक उज्यालो कार्यक्रम अन्तर्गत 45 हजार 1 सय 47 जना पैदलयात्री, 1 हजार 6 सय 48 जना मोटरसाइकल चालक, 6 सय 12 जाना निजी सवारी चालक, 11 हजार 8 सय 3 जना सार्वजनिक सवारी चालक र सहचालक, 9 सय जना विभिन्न संघ संस्थाका सवारीचालक, 7 हजार 1 सय 4 जना विद्यार्थी र 57 सरकारी सवारीचालकलाई सचेतना गराइएको बताउनुभयो। यसबाहेक 6 महिनामा 2 चरणमा 9 सय जना स्वयंसेवक परिचालन गरिएको, यात्रुमैत्री अभियान शुरु गरिएको, ट्राफिक जाम कम गर्न विभिन्न प्रयास गरिएको तथा सडक पूर्वाधार सुधारका लागि तयार पारिएको 37 बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनाको कार्यान्वयनमा जोड दिइएको महाशाखा प्रमुख ढकालले जानकारी दिनुभयो।

त्यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त बनाउन प्रविधिमैत्री ट्राफिक व्यबस्थापनमा प्राथमिकता दिइएको र 9 वर्षदेखि विग्रीएर रहेका 17 स्थानका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याइएको ढकालले बताउनुभयो। साउन यता चोरी भएका २ सय ८५ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न 30 जनालाई कारबाही गरिएको जानकारी दिनुभयो। महाशाखाले आइतबारपनि चोरी भएका 25 वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिममा लगाएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...