HomeFeatureचालू आर्थिक बर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको: पुन

चालू आर्थिक बर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको: पुन

काठमाडौं, 20 मई 2022

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आर्थिक बर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिदै उहाले निर्यातमा केहि बृद्धि भएपनि आयात धेरै नै भएका कारण अर्थतन्त्रमा चाप परेको बताउनुभएको हो । उहाले स्वदेशी बस्तु उत्पादनलाई प्रोत्साहन नगरेसम्म आयात कम नहुने देखिएको धारणा राख्नुभयो । मुलुकको आर्थिक समस्या समाधानका लागि केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्नुपर्ने उहाको भनाई छ । पुनले वैदेशिक ऋणको भुक्तानी र दायित्वमा वृद्धि भएकाले वैदेशिक मुद्राको सञ्चितिमा प्रभाव पर्ने भएकाले यसतर्फ ध्यान जानुपर्ने बताउनुभयो । उहाले ऊर्जा सुरक्षालाई विशेष प्राथमिकताका राखेर लगानी वृद्धि गर्न र जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राख्न सुझाव दिनुभयो । त्यस्तै कांग्रेस सांसद गगन थापाले बजेट यस बर्षको कार्यक्रम मात्रै नभई दशकका लागि कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । निर्वाचन क्षेत्र बजेट र केही लोकप्रिय नाराको पछाडि मात्र नलाग्न उहाले सरकारलाई सुझाव दिनुभयो । उहाले नेपाली उद्योगको राहतका लागि पनि बिशेष योजना ल्याउनुपर्ने बताउनुभयो । त्यस्तै सांसदहरुले नीति तथा कार्यक्रममार्फत आउने कार्यक्रमहरुलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...