काठमाडौं, 11 जुलाई 2022
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले खुमलटार निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार भेटघाट गरेका छन्। भेटमा नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेटेका जियानचाओले नेकपा एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेट्ने कार्यतालिका तय भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार भेटवार्ता गरी उनी बुधबार स्वदेश फर्किनेछन्।









































