काठमाण्डौ, 28 जुलाई 2021
प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बुधबार बधाइ सन्देश पठाएका छन् । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले ट्विटरमार्फत उक्त जानकारी दिएकी हुन् । ‘चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको छ,’ राजदूत होऊले लेखेकी छन्, ‘सन्देशमा प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री द्उवाको कार्यकालमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ । र, उहाँसँग मिलेर काम गर्न चीन इच्छुक रहेको बताउनुभएको छ ।’









































