HomeFeatureचीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन

चीनका लागि राजदूतमा विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन

काठमाडौं, 17 मई 2022

संघीय संसदको संसदीय सुनुवाई समितिले चीन र दक्षिण अफ्रिकाका लागि राजदूतमा सिफारिस भएका विष्णुपुकार श्रेष्ठ र दानबहादुर तामाङको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । दुई जनामा उजुरी नपरेका कारण सुनुवाई गर्दै अनुमोदन गरिएको उहाले बताउनुभयो । उनीहरुसँगै सिफारिस भएका अन्यको भने बुधबार सुनुवाइ हुने समिति सभापति कर्णले जानकारी दिनुभयो । बाँकी रहेका एक जनामा गम्भीर प्रकृतिको उजुरी परेको उहाले बताउनुभयो । बैठकले समितिमा परेका उजुरी सन्दर्भमा अध्ययन गर्न तीन जनाको कार्यदल गठन गरिएको र दुई दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सभापति कर्णले जानकारी दिनुभयो । समितिको बैठक बुधबार बिहान पुन बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...