HomeFeatureचीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएकाहरूमा कोरोना भाइरस नभएको पुष्टी

चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएकाहरूमा कोरोना भाइरस नभएको पुष्टी

काठमाण्डौँ, 19 फरवरी 2020

चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जना सुरक्षीत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमुनाहरु परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस (कोभिड-१९) नभएको पुष्टि मन्त्रालयले गरेको हो। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोभिड-१९ नकारात्मक देखिएको बताउनुभयो।

वुहानबाट ल्याइएकाहरुलाई भक्तपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा राखिएको छ। उद्धार गरिएका १७५ जनाको क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा पुनः परीक्षण गरिने मन्त्रालयले जनाएको छ। चीनबाट फर्किएका नेपालीहरु कुनैमा पनि संक्रमण नदेखिएकोले त्रसित नहुन मन्त्रालयले आग्रह गरेको छ। अहिलेसम्म नेपालमा २ सय १० जनामा कोभिड—१९ परीक्षण गरिएकोमा एक जनामात्रै पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्ति पनि स्वस्थ्य भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...