HomeFeatureचीनमा हावाझैं फैलियो कोरोना भाईरस, 20 दिनमा 132 को मृत्यु, 6 हजार...

चीनमा हावाझैं फैलियो कोरोना भाईरस, 20 दिनमा 132 को मृत्यु, 6 हजार मानिसहरु संक्रमित

नयाँ दिल्ली/डेस्क, 29 जनवरी

चीनमा हावाको गतिमा फैलिरहेको कोरोना भाईरसका कारण 20 दिनमा 132 जनाको मृत्यु भएको छ भने करिब 6 हजार मानिसहरु यसबाट संक्रमित भएका छन । चिनिया स्वास्थ्य अधिकारीहरुले बुधवार दिएको जानकारीका अनुसार कोरोना भाईरसका कारण 132 जनाको मृत्यु भएको र 5 हजार 9 सय 74 जना यसबाट संक्रमित भएका छन । कयौं मानिसहरुको परीक्षण हुन नसकेकाले अझै धेरै मानिसहरुमा कोरोनाको संक्रमण भएको हुन सक्ने प्रकोपको अध्ययनले देखाएको छ । कोरोना भाईरसको उपचार पत्तो नलागेका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । यद्धपी अमेरिकाले भने यो रोगको रोकथामका लागि एक खोपको विकसित गरेको भनेको छ । चीनको हुबेई प्रान्तको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप स्वायत्त क्षेत्र तिब्बत छाडेर प्राय सबै क्षेत्रमा फैलिएको छ । 1 महिनामै यो संक्रमण युरोप, उत्तर अमेरिका र एशिया प्रशान्तमा पुगिसकेकाले वैश्विक चुनौतिका रुपमा देखा परेको छ । कोरोना भाइसरको संक्रमण भएका बेला ज्वरो आउने, खोकी लाग्ने र श्वास लिन कठिनाई हुने गर्दछ । कोरोना भाइरसको घटना भारत सहित एक घटना नेपालमा भेटिएको छ भने एक घटना श्रीलंकामा पनि भेटिएको छ । विभिन्न देशहरुले कोरोना भाईरसको रोकथाम स्वरुप विमानस्थलमा चीनबाट आउने मानिसहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...