Homeसमाचारचीनले प्रतिबन्ध लगाएपछि अमेरिकाले किन्यो जापानी सिफूड

चीनले प्रतिबन्ध लगाएपछि अमेरिकाले किन्यो जापानी सिफूड

चीनले प्रतिबन्ध लगाएपछि अमेरिकाले किन्यो जापानी सिफूड

काठमाडौं, 31 अक्टोबर 2023

जापानमा रहेका अमेरिकी सेनाले ठुलो परिमाणमा जापानी सीफूड किनेका छन् । चीनले लगाएको प्रतिबन्धको प्रतिक्रियामा अमेरिकी सेनाले सीफूड किन्न सुरु गरेको हो ।

जापानले फुकुशिमा परमाणु केन्द्रको प्रशोधित रेडियोधर्मी पानी समुद्रमा मिसाएलगत्तै सोको विरोधमा चीनले जापानी सिफूडको आयातमा प्रतिबन्ध लगायो ।

चीनले लगाएको प्रतिबन्धको असर कम गर्न अन्य बाटोहरू पनि खोजिने जापानका लागि चिनियाँ राजदूत रहम इम्यानुअलले भनेका छन् । सिफूडमाथि चीनको प्रतिबन्धलाई उनले चीनको आर्थिक युद्धको संज्ञा दिएका छन् । चीन जापानी सिफूडको सबैभन्दा ठुलो क्रेता हो । गएको वर्ष जापानले चीनलाई १ लाख टन सीफूड बेचेको थियो ।

अहिले अमेरिकाले शेलफिस मात्रै किनेको छ । विस्तारै खरिदलाई सबैखाले सिफूडमा विस्तार गरिने बताइएको छ । यस अघि जापानमा रहेका अमेरिकी सेनाहरूले जापानी सि फूड किनेका थिएनन् । योसँगै अमेरिकाले जापानबाट माछा आयात गर्ने सम्भावना खुलेको छ । सन् २०११ मा भूकम्प र सुनामीका कारण क्षतिग्रस्त परमाणु केन्द्रको सङ्कलित लाखौँ टन रेडियोधर्मी पानी प्रशोधन गरेर जापानले अगष्टको अन्त्ययता समुद्रमा मिसाउन सुरु गर्‍यो ।

पानीमा रेडियो विकिरणको शेष नभएको जापानले बारम्बार बताइरहेको छ । उसको यो दाबीसँग कयौँ वैज्ञानिक सहमत पनि छन् । संयुक्त राष्ट्र संघले समेत यो योजनालाई अनुमोदन गरेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...