काठमाडौं, 7 अप्रैल 2022
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतिपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाधान्न देखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताउनुभएको हो । यसका लाग अल्पकालिन र दिर्घकालिन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासंग छलफल गरिने उहाले बताउनुभयो । उहाले थप मूल्यबृद्धिको भार जनतालाई नपार्ने गरि देखिएका समस्याको समाधान खोजिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिनुभएको हो । यसअघि उहाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।