HomeFeatureचेन्नईमा एकदिनको अन्तरालमा 2 नेपालीद्वारा आत्महत्या, एक महिलापछि प्युठानका पुरुषद्वारा पनि आत्महत्या,...

चेन्नईमा एकदिनको अन्तरालमा 2 नेपालीद्वारा आत्महत्या, एक महिलापछि प्युठानका पुरुषद्वारा पनि आत्महत्या, पुरुषको परिवारको खोजी हुँदै

चेन्नई, 22 अगस्त 2020

भारतको तमीलनाडु राज्यको चेन्नईमा कामको सिलसिलामा रहेका प्युठानका एक नेपालीले आत्महत्या गरेका छन । चेन्नईको सुङकुमारन स्ट्रीटमा अवस्थित “देवान मेस” मा 1 वर्षदेखि काम गर्दै आएका 46 वर्षका गीर बहादुर केसीले 21 अर्थात हिजो तीजको दिन साँझ पौने 4 बजे उनले पासो लगाएर आत्महत्या गरेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले बताउनु भएको छ । उनले आत्महत्या गरेको कारण खुल्न सकेको छैन । उनको आफन्त अहिलेसम्म सम्पर्कमा नआएकाले पुलिसले मुद्धालाई अगाडी बढाउन सकेको छैन । यद्धपी घटनापछि मूल प्रवाहका क्षेत्रीय अध्यक्ष महेन्द्र बस्याल र पश्चिम नगर अध्यक्ष हेमराज रिजाल पुलिस स्टेशनमा गएर घटनाबारे जानकारी लिएका छन । तर पारिवार सम्पर्कमा नआएकाले पुलिसले अगाडीको कारवाही बढाउन नसकेकाले मूल प्रवाहले गीर बहादुरलाई चिन्नेले सम्पर्कमा आउन आग्रह गरेको छ ।

मृतक गीर बहादुरको साथबाट भेटिएको नागरिकता आधारमा उनि प्युठानको धरम्पानी गाविस वाड नं ९ का स्थायी वासिन्दा र यक बहादुर केसीका छोरा भएको थाहा भएको छ । यो घटनालाई चेन्नईको प्यारिसस्थित B-2 पुलिस स्टेशनले हेरिरहेको छ भने निजको पार्थिव शरीर राजीव गान्धी सरकारी हस्पिटलमा राखीएको छ।

मृतक गीर बहादुरबारे जानकारी भएको खण्डमा मोबाइल नम्बर 9444288256 मा खबर गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालले आग्रह गर्नुभएको छ ।

असअघि यो घटनाको एकदिन अघि चेन्नईको प्यारिसमै काँस्की जिल्लाको रुपा गाँउपालिका वडा नम्बर 6 घर भएका अमृत केसीकी 36 वर्षीया श्रीमति अमृता केसीले पनि आत्महत्या गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...