काठमाडौं, 1 मार्च 2023
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बुधवार आजका लागि तय भएको बैठक स्थगित भएको हो।
अर्को बैठक चैत ५ गते मात्रै बस्ने भएको छ । बुधवार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको बैठक चैत ५ गते आइतबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।









































