Homeसमाचारखेलकुदचौंथो टी-२० मा मलेसियाले गर्यो नेपाललाई पराजित, सिरिजमा २-२ को बराबरी

चौंथो टी-२० मा मलेसियाले गर्यो नेपाललाई पराजित, सिरिजमा २-२ को बराबरी

चौंथो टी-२० मा मलेसियाले गर्यो नेपाललाई पराजित, सिरिजमा २-२ को बराबरी

काठमाडौं, 3 जुन 2023 | पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको चौथो खेलमा नेपाललाई ४ विकेटले हराउँदै मलेसियाले २-२ को बराबरी गरेको छ ।

शनिबार बिहान नेपाली राष्ट्रिय महिला टिमले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर पूरा गरेको हो ।

अब सिरिज जित्ने टिमको टुंगो अन्तिम खेलले गर्ने भएको छ। नेपाल यसअघि पहिलो खेलमा पराजित हुँदा दोस्रो र तेस्रो खेलमा लगातार जित निकाल्दै सिरिजमा अग्रता बनाएको थियो। मलेसियाका लागि विन्फ्रेड एन दुराइसिंगमले सर्वाधिक ३८ रन बनाइन् । उनले ५२ बलमा २ चौकासहित उक्त योगफल तयार पारेकी हुन् ।

त्यस्तै माहिरा इजाती इम्माइलले १६ रन बनाउँदा मास इल्यासा यास्मिन जुल्किफ्लीले १३ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर र कविता जोशीले १/१ विकेट लिए । यसअघि मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् ।

त्यस्तै बिन्दु रावलले २४ रन बनाउँदा कविता कुँवरले नटआउट १२ रन बनाइन् । मलेसियाका लागि विन्फ्रेड एन दुराइसिंगमले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै माहिरा इजाती इस्माइल र आइसा इलिसा फिरदौजले १/१ विकेट लिए ।

यसअघि नेपालले मलेसियाविरुद्ध दोस्रो र तेस्रो खेल जितेको थियो । तेस्रो खेल नेपालले २७ रनले जितेको थियो भने दोस्रो खेलमा ७ विकेटको जित हात पारेको थियो । पहिलो खेलमा भने नेपाल ५ विकेटले स्तब्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...