HomeFeatureछारे भिरमा सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा सांसदहरूको जोड

छारे भिरमा सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा सांसदहरूको जोड

काठमाण्डौँ, 5 फरवरी 2020

कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सल्लीसल्लादेखी सिमीकोट क्षेत्रमा पर्ने छारे भिरमा सडकको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मा नदिए अझै दश वर्ष हुम्लाको सदरमुकाम सडक सञ्जालमा नजोडिने सांसदहरुले बताएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा सांसदहरुले नेपाली सेनालाई जिम्मा नदिए अझै दश वर्ष सिमीकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिने बताएका हुन्। सांसद रगंमती शाहीले कर्णाली कोरिडोर अन्तर्गत छारे भिरमा सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताउनुभएको हो। उहाँले त्यस क्षेत्रमा सडक निर्माण गर्ने जिम्मा नेपाली सेनालाई नदिए अझै १० वर्ष हुम्लाको सदरमुकाम सिमीकोट सडक सञ्जालन नजोडिने बताउनुभयो।

सांसद गणेशकुमार पहाडीले उत्तर दक्षिण कनेक्टिभिटि समेत रहेको कर्णाली कोरिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १ सय २३ किलोमिटर सडक निर्माणको कार्य सेनालाई जिम्मा दिदा समयमै सम्पन्न हुने अवस्थामा रहेको बताउनुभयो। तर सल्लीसल्ला देखि सिमीकोट सम्मको ५० किलोमिटरको काम निजी क्षेत्रले गरिरहेको तर २०किलो मिटर ट्रयाक खोल्न निजी क्षेत्रलाई समय लाग्ने भन्दै त्यस क्षेत्रमा सेनालाई काम गर्न नदिए अझै १० वर्ष सिमीकोट सडक सञ्जालमा नजोडिने बताउनुभयो। उहाँले यो सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले निजी क्षेत्रले विस्फोटक पदार्थको प्रयोग गर्न नेपाली सेनाको सहयोग लिनुपर्ने र सेना उपलब्ध हुन नसक्दा काम प्रभावित हुने भएकाले त्यस क्षेत्रको काम सेनालाई नै दिनुपर्ने बताउनुभयो । उहाँले कोरिडोरमा ट्रयाक खुलेका ठाउँमा पुल निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

सांसद यज्ञराज सुनुवारले अन्य सडकको काममा केही ढिलाई गरेर भएपनि हुम्ला जोडने कर्णाली कोरिडोरको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले अहिले सम्मको अनुभवका आधारमा छिटो काम गर्नका लागि नेपाली सेना मात्रै सक्षम रहेकाले बाँकि क्षेत्रको काम पनि नेपाली सेनालाई नै जिम्मा दिनुपर्ने बताउनुभयो।

सडक विभागका महानिर्देशक केशबकुमार शर्माले कर्णाली कोरिडोरको आधारभुत समस्या विस्फोटक पदार्थ भएको बताउनुभयो। उहाँले छारे भिरमा ८ किलोमिटर सडक पर्ने र त्यस मध्ये ४ दशमलव ५ किलोमिटर सडकको ट्रयाक खोल्न जटिल रहेको बताउनुभयो। अन्य सबै ठाउँको काम सम्पन्न भएपनि साढेचार किलोमिटर क्षेत्रको ट्रयाक खोल्न अझै एक वर्ष लाग्ने बताउनुभयो। त्यसका लागि आवस्यक उपकरणहरु खरिद भइसकेको र नेपाली सेनासँगको सहकार्यमा विस्फोटक पदार्थको समेत प्रयोग गरी आउँदो हिंउद सम्ममा हुम्ला सदरमुकामलाई सडक सञ्जालमा जोडिसक्ने बताउनुभयो।

नेपाली सेनाका रथी गौरव तण्डुलले सरकारले जिम्मा दिएको कुनैपनि काम नेपाली सेनाले समयमा नै सम्पन्न गर्दै आएको र कर्णाली कोरिडोरमा पनि जिम्मा पाएको १ सय २३ किलोमिटर क्षेत्रको ट्र्याक खोल्ने काम समयमै सम्पन्न गर्ने बताउनुभयो। उहाँले कोरिडोरमा निजी क्षेत्रबाट भएका बाँकी काममा पनि सेनाले मन्त्रालयसँगको समन्वयमा विस्फोटक पदार्थ उपलब्ध  गराउने र अन्य सहयोग समेत गर्न तयार रहेको बताउनुभयो।

सांसदहरुले कर्णाली कोरिडोर अन्तर्गत ‘राइट आफ वे’लाई पनि विचार गर्नुपर्ने बताएका छन्। सांसदहरुले सडकको दायाँबायाँ १५÷१५ मिटर छोडनुपर्ने व्यवस्थाले हिमाली क्षेत्रमा स्थानीयको खेतबारी तथा घरजग्गा पर्ने भएकाले समस्या हुने भन्दै भौगोलिक स्थिति अुनसार परिमार्जन गर्नुपर्नेमा जोड दिए। कर्णाली कोरिडोरको कुल लम्बाई ६ सय ८२ किलोमिटर छ। यो सडक बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, हुम्लाको सिमीकोट हुँदै हिल्सासम्म जोडिने छ। हिमाली क्षेत्र र जटिल भूभागमा काम गर्नुपर्ने भएकाले सडक निर्माणमा थुप्रै समस्या झेल्नु परेको नेपाली सेना तथा निजी क्षेत्रका निर्माण कम्पनीहरुले बताएका छन्। कालिकोटको खुलालुदेखि हुम्लाको सिल्लीसल्लासम्मको १ सय २३ किलोमिटर सडक निर्माणको कार्य सेनाले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...