HomeFeatureछुट्टाछुट्टै आगलागी हुँदा एक जनाको मृत्यु, १४ लाख बराबरको क्षति

छुट्टाछुट्टै आगलागी हुँदा एक जनाको मृत्यु, १४ लाख बराबरको क्षति

काठमाडौं,१९ फरवरी, २०२०
कैलालीको टिकापुरमा बालेको आगो खरबारीमा सल्किएर आफैं आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ सत्तीका ७० वर्षीय लालबहादुर भण्डारी रहेका छन् ।

सोही ठाउँमा रहेको सत्ती कर्णाली सामुदायिक वन नजिक चिसो भएपछि बालेको आगो खरबारीमा सल्किएर भएको आगलागीमा उनी परेका थिए आगलागी भएको स्थलमै । उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भैँसी चराउन गएका उनले चिसो भएपछि आगो बालेका थिए । यसैगरी ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौर तीनदोबाटो–३५ वर्षीय प्रेम तामाङको घरमा पनि आगलागी भएको छ ।

आफैंले सञ्चालन गरेको धान कुटाउने मिलमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा तामाङको घर र मिल तथा सोही घरमा कोठा लिएर पसल सञ्चालन गर्ने कल्पना तामाङको पसल जलेर नष्ट भएको छ । आगलागीबाट करिब ८ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौ बस्ने हारुल देवानको घरमा मङ्गलबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेको छ। जसबाट करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

महोत्तरीको गौशाला नगरपालिका–४ सवरीकुट्टी बस्ने ४० वर्षीया चन्द्रकला भुजेलको घरमा बुधबार बिहान आगलागी भएको छ। छिमेकी ६० वर्षीया शान्ति देवी खड्काको घरमासमेत भुजेलको घरबाट सल्केको आगो पुग्यो। जसले गर्दा दुवै जनाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार दुई घर जल्दा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...