काठमाडौं, 26 मार्च 2022
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमालेले निकै ठूलो हार व्यहोर्ने दावी गर्नुभएको छ । समाजवादी प्रेस संगठन नेपालको बैठकलाई सम्बोधन गर्दै खनालले एमालेले दुई तिहाई नभइ त्यसको उट्टो दुई–तीन सिट जित्ने दावी गर्नुभएको हो । उहाले केपी ओली नेतृत्वको एमाले गुटमात्र भइरहेको तर्क गर्नुभयो । उहाले हाल एमालेले गर्नसक्ने सम्भावित गठबन्धनका दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी भएकाले उक्त गठबन्धनलाई दक्षिणपन्थी मोर्चा उपनाम दिन सकिने उल्लेख गर्नुभयो । उहाले पार्टीको लक्ष्य बैज्ञानिक समाजवाद नै भएको बताउनुभयो । यस्तै खनालले छोटो समयमै आफ्नो पार्टी राष्ट्रव्यापी भएको दावी गर्नुभयो ।









































