HomeFeatureजगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून साथै श्रमिकहरुको सुरक्षा पनि कमजोर

जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून साथै श्रमिकहरुको सुरक्षा पनि कमजोर

काठमाण्डौँ, 19 जनवरी 2020

जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको तथा कामदारको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अध्ययन गरी छलफल गर्ने भएको छ। आइतबार काठमाण्डौँमा बसेको समतिको बैठकले जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने जनाएको हो। समितिका सदस्यहरुले यसअघि चितवन, पर्सा र बारा जिल्लामा रहेका उद्योगहरुको अनुगमन गर्ने क्रममा जगदम्बा स्टिल उद्योगको समेत अनुगमन गरेको थियो।

उद्योगमा नेपाली कामदार ५८ प्रतिशत मात्र रहेको र सामाजिक सुरक्षामा सहभागि नगराइएको तथा काम गर्दासमेत सुरक्षाका कुनै मापदण्ड पुरा नगरेको पाइएकोले समितिले थप अध्ययन गरि प्रतिवेदन पेश गर्न समिति सदस्य प्रकाश रसाईली स्नेहीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। सोही अनुसार उपसमितिले अध्ययन गरी संयोजक रसाईलीले आइतबारको बैठकमा प्रतिवेदन पेश गर्नुभएको समिति सभापति बिमलप्रसाद श्रीवास्तवले बताउनुभयो। उहाँले उक्त प्रतिवेदनमाथि थप अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाइने समेत जानकारी दिनुभयो।

उपसमितिले बुझाएको प्रतिवेदनमा जगदम्बा स्टिल उद्योगमा नेपाली कर्मचारी तथा कामदारहरुलाई प्राथमिकता नदिएको, औद्योगिक क्षेत्रको सञ्चालनमा प्रयाप्त स्थानको कमी देखिएको र कामदारहरुको जोखिम न्युनिकरणका लागि कुनै व्यवस्था नगरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...