HomeFeatureजनतालाई कोरोनाबिरुद्ध सुरक्षित बनाउने अभियानमा सबै सक्रियरुपमा लाग्न देउवाको आग्रह

जनतालाई कोरोनाबिरुद्ध सुरक्षित बनाउने अभियानमा सबै सक्रियरुपमा लाग्न देउवाको आग्रह

काठमाडौं, 20 दिसम्बर 2021

प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्णमात्रामा खोप दिएर जनतालाई कोरोनाबिरुद्ध सुरक्षित बनाउने अभियानमा सबै सक्रियरुपमा लाग्न आग्रह गर्नुभएको छ । कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे सातवटै प्रदेशका मुख्यमन्त्री तथा सङ्घीय सरकारका सरोकारवाला मन्त्रीसँग सोमबार सिंहदरबारमा भएको भर्चुअल अन्तरक्रियामा प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर जनताको जीवन बचाउने पहिलो कर्तव्य भएको भन्दै सक्रियरुपमा लाग्न आग्रह गर्नुभएको हो। कोभिड–१९ महामारीबाट जनताको जीवन बचाउनु सबैको साझा दायित्व भएको उहाको भनाई छ । उहाँले कोभिड विरुद्धको खोप लगाउने कार्यमा धेरै प्रगति भएको भएपनि खोप अभियानलाई प्रभावकारी बनाउन सवै पक्ष जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।  चैतसम्म सबै नेपालीलाई खोप दिने सरकारको लक्ष्य रहेको र पूर्णमात्रामा खोप दिएर जनतालाई सुरक्षित बनाउने अभियानमा सबै सक्रियरूपमा लाग्नुपर्ने छलफलको निष्कर्ष रहेको स्वास्थ्य मन्त्री बिरोध खतिवडाले बताउनुभयो । मन्त्री खतिवडाले कोरोनाको जोखिमलाई हेरेर सरकारले आवश्यक नीति र नियम तर्जुमा गर्ने जानकारी दिनुभयो । त्यस्तै छलफलका क्रममा प्रधानमन्त्री देउवाले १२ वर्षमाथिका बालबालिकासहित सबै नागरिकलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको मन्त्री खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...