HomeFeatureजनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको पोखरेलको दावी

जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको पोखरेलको दावी

काठमाडौं, 17 मई 2022

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दावी गर्नुभएको छ । २९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको पुरानो एमाले मुख्यालय बल्खुमा आयोजना भएको कार्यक्रममा पोखरेलले एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आए पनि मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको दावी गर्नुभएको हो । उहाले आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने जिकिर गर्नुभयो । यसअघिपनि गठबन्धनले निर्वाचनलाई टार्ने प्रयास गरेपनि एमाले नै बिफल बनाएको उहाको भनाई छ । उहाले जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता अझै पनि रहेको उहाले बताउनुभयो । त्यस्तै महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राख्नुभयो । उहाले निर्वाचनको मतपरिणामलाई आफु अनुकुलको बनाउन खोज्ने गठबन्धनको षडयन्त्रलाई बिफल बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेताहरु सुवासचन्द्र नेम्वाङ, अष्ठलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याललगायतका नेता तथा कार्यकर्ताहरुले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...