दिल्ली, 18 अप्रैल 2022
नेपाली कांग्रेसका नेता नेपाली कांग्रेसको १४औँ महाधिवेसन प्रतिनिधि एवम नेपालका व्यवसायी राजेन्द्र बहादुर शाहसंग नेपाली जनसम्पर्क समिति मुम्बईका कार्यकर्ताहरुले भेटघाट र सम्मान कार्यक्रम गरेका छन्। नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार उक्त भेटघाट कार्यक्रम नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका अध्यक्ष उदयराज खड्का र करन साउदले पहल गरेका थिए। जसमा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय सदस्य पूर्व उपाध्यक्ष नेपाली कांग्रेस महासमिति सदस्य खगेन्द्र कुँवर (रुपेश) , नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका पूर्व महासचिव नेपाली कांग्रेस को १४औँ महाधिवेसन प्रतिनिधि प्रेमराज पाण्डे, नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका अध्यक्ष उदयराज खड्का, क्षेत्रिय कोषाध्यक्ष भरत कुँवर, क्षेत्रिय सदस्य तगत कुँवर, फोर्ट शाखा सचिव लक्ष्मण कुँवर , करन साउद, दल बहादुर कुँवर, पुष्प स्वाँर लगायतको उपस्थिती रहेको थियो । सो अवसरमा नेता राजेन्द्र बहादुर शाहको सम्मान गरीएको थियो।भेटघाटमा अहिलेको समसामयिक विष्य बस्तुमा र स्थानिय निर्वाचनका बारेमा चर्चा गरिएको थियो।









































