HomeFeatureजबरालाई अदालत प्रवेशमा रोक्न आइतबार पनि सर्वोच्चमा बारले धर्ना दिने

जबरालाई अदालत प्रवेशमा रोक्न आइतबार पनि सर्वोच्चमा बारले धर्ना दिने

काठमाडौं, 12 नवम्बर 2021

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न आइतबार पनि सर्वोच्चमा धर्ना दिने जनाएको छ । शुक्रबार सर्वोच्चमा धर्ना दिएपछि बारमा आयोजित सभामा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि सर्वोच्चमा धर्ना दिने र सोमबार तथा मंगलबार बिरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो । उहाले प्रधानन्याधिशको राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताउनुभयो । उहाले सर्वोच्चले प्रहरी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उल्लेख गर्नुभयो । श्रेष्ठले आइतबार नै आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो । त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले भ्रष्ट प्रधानन्यायाधीशको बिषयमा राजनीतिक दलहरुले बोल्ने समयमा आएको बताउनुभयो । प्रधानन्यायधिशले कुर्सी नछाडे कार्यकालभरि आन्दोलन जारी राख्ने उहाले चेतावनी दिनुभयो । उहाले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम प्रधानन्याधिशले गरेको टिप्पणी गर्नुभयो । थापाले प्रधानन्यायाधीश जबरा हारिसकेको भन्दै थप क्षति हुनबाट जोखिन सुझाव दिनुभयो । वरिष्ठ अधिवक्ता हरिहर दाहालले आफुहरुको आन्दोलन न्यायलयको सुधारका लागि भएको बताउनुभयो । प्रधानन्यायधिशको सम्मानजनक बहिर्गमन नभए पदच्यूतको बाटोमा जानुपर्ने उहाले चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...