HomeFeatureजयनगर–जनकपुर रेल संचालनका लागि भारतबाटै कर्मचारी ल्याइँदै, भदौ ३० गते रेल जनकपुर...

जयनगर–जनकपुर रेल संचालनका लागि भारतबाटै कर्मचारी ल्याइँदै, भदौ ३० गते रेल जनकपुर आइपुग्ने

22 अगस्त, हिम शाह
जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि रेलवे बोर्डले भारतीय कर्मचारी नियुक्त गर्ने भएको छ । नेपालमा रेल संचालनकालागि कर्मचारी नपाएपछि भारतबाट ल्याइने तयारी थालिएको हो ।रेलवे कम्पनीले गत फागुन ९ मा २६ जना प्राविधिक कर्मचारी माग गर्दै विज्ञापन खुलाएको थियो । तर एक जना पनि नेपाली कर्मचारीबाट आवेदन नपरेपछि भारतबाटै कर्मचारी ल्याएर करारमा राख्ने तयरी गरेको हो ।नेपाल र भारतीय रेलवे बोर्डबीच कर्मचारी ल्याउन सहमति भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘नेपालमै विज्ञापन गरेर कर्मचारी माग गरियो । तर आवेदन नै परेन,’ उनले भने, ‘त्यसैले भारतबाटै कर्मचारी ल्याउन खोजिएको हो ।
’उनका अनुसार रेल आएसँगै कर्मचारी पनि आउनेछन् । भारती पक्ष छिटै रेल संचालनको पक्षमा रहेको उनले बताए । उनका अनुसार भारतीय पक्ष सहयोगकालागि तयार रहेके र यस विषयमा परराष्ट्र मन्त्रालयसँग पनि कुरा भइसकेको छ । यो काम रेलवे कम्पनीमार्फत हुनेछ । सञ्चालक समितिले पनि कर्मचारी भर्नाको अधिकार दिइसकेको छ । अब विज्ञापन गरेर थप कर्मचारी भर्ना गरिनेछ । भारतबाट सिनियर सेक्सनल इन्जिनियर १, स्टेसन मास्टर ८, चिफ पावर कन्ट्रोलर र चिफ लोको इन्स्पेक्टर १र१ जना ल्याइनेछ । त्यस्तै लोको पाइलट, सहलोको पाइलट, पिवे सुपरभाइजर, मेकानिक र प्वाइन्ट म्यान पनि ३, ३ जना ल्याइनेछ । भदौ ३० गते दुवै रेल सेट ल्याउने तयारी भएको छ ।तर कोरोना महामारीले अवस्था बिग्रिदैगए अझै समय लाग्न सक्ने उनको भनाइ छ । अहिले रेल सेट पटना नजिकै हाजिपुरमा राखिएको छ । ‘भदौ ३० मा हस्तान्तरण गर्ने कुरा छ,’ मिश्रले भने, ‘छिटो लैजान भनिएको छ, ल्याउन फेरि म्याद थपिएको हो ।’ असार मसान्तमै लग्न भनिएको थियो ।
कोरोनाले भनेको समयमा ल्याउन सकिएन । ‘त्यसपछि दुई महिना म्याद थपिएको हो,’ उनले भने, ‘अब यो महिनाभित्र ल्याउनुपर्छ, ल्याउन नसके फेरि म्याद थप्नुपर्छ ।’ रेल ल्याउन समस्या छैन । कोरोनाले गर्दा कसरी व्यवस्थापन गर्ने भन्ने मात्र चिन्ता रहेको उनको भनाइ छ ।‘लकडाउनले अन्योल बढाइदियो, निषेधाज्ञा कति दिन लम्बिन्छ, थाहा छैन,’ उनले भने, ‘एक हप्ता मात्र भए केही भएन, तर लम्बियो भने ल्याउने समय पनि लम्बिन सक्छ ।’ रेल सेट खरिदका लागि सरकारले ८४ करोड ६५ लाख बजेट छुट्याएको थियो । यसमध्ये २० प्रतिशत रकम भुक्तानी गरिसकिएको छ । ८० प्रतिशत भुक्तानी भने रेल ल्याएर परीक्षण गरेपछि मात्र गरिनेछ ।‘रेलमा एक वर्षको वारेन्टी हुन्छ, यसमा कम्पनीको पनि बैंक ग्यारेन्टी लिनेछौं,’ मिश्रले भने, ‘एक वर्षभित्र रेल बिग्रिए वा कुनै खराबी आए कम्पनीले नै बनाइदिनुपर्छ ।
’सुरुमा जनकपुर–कुर्थाको ३५ किमि दूरीमा रेल चल्ने भनिएको थियो । रेल सेट आउँदासम्म थप १७ किमि बिजलपुरासम्म रेल ट्र्याक तयार हुने भएकाले उक्त स्थानसम्म चलाउने तयारी छ ।यो सबै गरेर ५२ किमि हुनेछ । कर्मचारीको समस्या थियो,’ उनले भने, ‘थप दुई सय जना कर्मचारीका लागि विज्ञापन गर्छौं ।’ निषेधाज्ञा खुल्नासाथ विज्ञापन आह्वान गरिने उनले जानकारी दिए । टिकट चेक गर्ने, ट्र्याक मर्मत गर्ने, टिकट बिक्री गर्नेलगायत काम गर्ने जनशक्तिका लागि विज्ञापन खुलाइनेछ । मन्त्रिपरिषद्ले रेलमा काम गर्ने कर्मचारी भर्ना गर्न गत माघमा स्वीकृति दिएको थियो ।माघ तेस्रो साताबाट रेल सञ्चालनमा आउने बताइएको थियो । तर समयमै कर्मचारी भर्ना गर्न नसक्दा रेल सञ्चालन अन्योलमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...