दिल्ली, 23 फरवरी 2022
जयपुरमा सेइगो काई कराटे डो एसोसिएशनले आयोजित गरेको प्रतियोगिता सम्पन्न भएको छ। सेइगो काई कराटे डो एसोसिएशन ऑफ इंडियाको तत्वावधानमा आय़ोजित प्रतियोगिता राहा मेमोरियल कराटे एकेडमी ऑफ जयपुरमा आयोजित भएको हो। प्रतियोगितामा 30 जना बाल बालिकाहरुले ब्लैक बेल्ट र 180 बाल बालिकाले कलर बेल्टको एक्ज़ाममा भाग लिएका थिए। यो एक्जाममा 30 भन्दा बढी बाल बालिका, नेपाली रहेका थिए। कराटे एकेडमीका कोच निर्मल बोहरा, दिनेश थापा, कृष्णा बी के, प्रदीप राठौर, मुस्कान प्रजापत र कोटा राजस्थान बाट अंशु जोइदासको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको हो। कोच निर्मल बोहराको भनाइ अनुसार राजस्थान मा 500 भन्दा बडी उनका विद्यार्थि मध्य लगभग 200 जना नेपाली बालबलिका छन।









































