HomeFeatureजर्मनीमा मर्कल युगको अन्त्य भएसँगै पार्टीको पनि हार

जर्मनीमा मर्कल युगको अन्त्य भएसँगै पार्टीको पनि हार

जर्मनी, 27 सितम्बर 2021

जर्मनीमा आईतबार सम्पन्न भएको आम निर्वाचनमा विपक्षी दल सोसल डेमोक्रेट्स पार्टीको विजयसंगै एन्जेला मर्केल युगको अन्त्य भएको छ। एन्जेला मर्केलको चान्सलर पदको त्यागपछि जर्मनीमा नयाँ चान्सलरका लागि मतदान गरिएको थियो। 16 वर्षसम्म शासन चलाएकी चान्सलर मर्कलको कन्जर्भेटिभ CDU / CSU गठबन्धन चुनावमा पराजित भएको छ । निर्वाचनको परिणाम अनुसार विपक्षी वामपन्थी पार्टी एसडीपीले २५.७ प्रतिशत मत हात पार्दा सत्तारुढ दल सीडीयु/सीएसयुले २४.१ प्रतिशत मत प्राप्त गरेको हो। त्यस्तै त्यहाँको ग्रिन पार्टी १४.८ प्रतिशत मत हात पार्दै तेस्रो भएको छ। अब सत्ता सञ्चालनका लागि गठबन्धन निर्माण गर्न आवश्यक रहेको छ। एसडीपीका नेता ओलाफ शोल्जको नाम चान्सलर पदका लागि सबै भन्दा अगाडी रहेको छ। एन्जेला मोर्केल 2005 मा चान्सलर बन्नु भएको थियो। उहाँले जर्मनीमा 16 बर्षसम्म शासन गर्नुभएको थियो। यसैक्रममा उहाँलाई विश्वको सबै भन्दा शक्तिशाली महिला, शासक भन्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...