Homeमुख्य समाचारजलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छः एन्टोनियो गुटेरेस

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छः एन्टोनियो गुटेरेस

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छः एन्टोनियो गुटेरेस

 

काठमाडौं, 30 अक्टोबर 2023

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न मिलेर काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले बताएका छन् ।

उनीहरूले महासचिव गुटेरेसले संसदमा सम्बोधन गर्दैगर्दा २००६ मा सुरु भएको शान्ति प्रक्रिया ६ महिनामै टुङ्ग्याउँछु भने पनि किन टुंग्याउन सक्नुभएन भन्ने प्रश्न सरकार र राजनीतिक दललाई गर्न आवश्यक रहेको बताए । जेनेभास्थित राष्ट्र संघीय नियोगका लागि नेपालका पूर्वराजदूत डा. दिनेश भट्टराईले सरकारले प्रतिबद्धता गरिरहने तर लागू नहुने कुराले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सन्देश नजाने बताए ।

उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित मुद्दाहरू पीडित पक्षका समस्या सम्बोधन गरेर मात्रै समाधान हुनसक्ने बताए । आफ्नो काम नगर्ने र बाहिरकालाई देखाएर घरको समस्या समाधान हुन नसक्ने पूर्वराजदूत भट्टराईले बताए ।

‘हामी एउटा प्रतिबद्धता गर्छौँ पूरा गर्दैनौँ, नेपालका नेताहरू खाली कुरा गर्छन् तर पूरा गर्दैनन् भन्ने किसिमको फितलो व्यवहार देखिने भयो नि त । यसले राम्रो सन्देश जाला ? सम्बोधन गर्न दिइएको छ, हामीले हेरिरहेका छौँ,’ पूर्वराजदूत भट्टराईले भने, ‘उहाँले संक्रमणकालीन न्याय सकियो भन्नुहुन्न, भने पनि पूरा हुँदैन । पीडित पक्षका समस्या सम्बोधन हुनैपर्छ । आफूले आफ्नो काम नगरेर बाहिरकोलाई देखाएर यो समस्याको समाधान हुँदैन ।’

उनले भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनःस्थापित गर्ने प्रक्रियामा सहजीकरण गर्न पनि आवश्यक रहेकोबारे जानकारी गराउनुपर्ने बताए । पूर्वराजदूत भट्टराईले सन् २००७ मा नेपालको भ्रमण गर्दा पूर्वी नेपालको शरणार्थी क्याम्पमा भ्रमण गरेको र सो अवसरमा भुटानी शरणार्थी व्यवस्थापनका लागि धेरै सहयोग गरेको उल्लेख गर्दै बाँकी ६ हजार भुटानी शरणार्थीलाई पनि सम्मानजनक व्यवस्थित गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको पनि बताए ।

‘बाँकी रहेका जुन ६ हजार भुटानी शरणार्थी छन्, ती शरणार्थीलाई कसरी सम्मानजनक रुपमा आफ्ना नागरिकलाई जबरजस्ती देशबाट निकाल्ने मुलुक भूटानसँग हामीले धेरै पटक वार्ता गर्दा पनि भूटानले कुनै पहल गरेन । १ लाख ३५ हजार शरणार्थीमध्ये एक जना पनि फर्काउन सकिएको छैन,’ पूर्वराजदूत भट्टराईले भने, ‘त्यसमध्ये ६ हजार बाँकी छन्, तिनीहरूको नाममा कस्तो विकृति भएको छ, त्यो देखेका छौँ हामीले । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाइदिन्छु भन्ने । शरणार्थीको नाममा भएका विकृति रोक्नलाई पनि शरणार्थीको फाइनल सेटलमेन्ट हुनुपर्छ ।’

नेपाल भ्रमणमा रहेका राष्ट्रसङ्घका महासचिव गुटेरेस आफ्नो स्वागतमा आयोजित रात्रीभोजमा सहभागी हुँदै। उनले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव नेपाली जनजीवनमा कसरी परेको छ ? भन्नेकुरा महासचिव गुटेरेसलाई प्रत्यक्ष देखाउन सक्नुपर्ने बताए । पूर्वराजदूत भट्टराईले संयुक्त राष्ट्रसंघमा सन् २०१५ मा पास गरिएका दिगो विकास सम्बन्धी लक्ष्यका बारेमा महासचिव गुटेरेससँग राख्नुपर्ने पनि बताए । नेपालले विश्व शान्तिका लागि गर्दै आएको सहयोग र योगदानका बारेमा जानकारी गराउन आवश्यक रहेको पनि उनले उल्लेख गरे ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणमा संक्रमणकालीन न्यायदेखि भुटानी शरणार्थीसम्मका विषयहरूलाई महत्व दिनुपर्ने बताए । बेपत्ता पारिएका व्यक्तिका परिवारको समस्यालाई समाधान र सम्बोधन गरेर मात्रै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउनुपर्नेमा जोड दिए । पूर्वराजदूत भट्टराईले विकसित राष्ट्रहरूको औद्योगिकरणबाट जलवायु परिवर्तनमा परेको असर र नेपालले खेप्नु परेको समस्या पनि महासचिव गुटेरेसलाई जानकारी गराउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...