HomeFeatureजसपाको संघीय परिषद् बैठकमा अध्यक्ष बाबुराम भट्टराई द्वारा राजनीतिक प्रतिवेदन पेश

जसपाको संघीय परिषद् बैठकमा अध्यक्ष बाबुराम भट्टराई द्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडौं, 12 मार्च 2022

जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद् बैठकमा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । शनिबार काठमाडौंमा बसेको परिषद् बैठकमा भट्टराईले समसामायिक र जसपाको कार्यदिशा बिषयक राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । अध्यक्ष भट्टराईको प्रतिवेदनमा पार्टीको राजनीतिक जीवनमा विभिन्न आरोहअवरोह आउनु स्वभाविक भएको उल्लेख गर्नुभएको छ ।  पार्टी संगठनले त्यस्ता समस्या, अप्ठ्यारा र आरोह–अवरोहलाई सामना गर्न र पचाउन सक्नु पर्ने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै पार्टीभित्र व्यक्त हुने सबै प्रकारका विचारलाई सम्मान गर्दै सकेसम्म सर्वसम्मत निर्णय गर्ने प्रयास गर्नुपर्ने र मत विभाजनको अवस्था आए अल्पमत बहुमतको प्रक्रियालाई स्वाभाविक रूपमा लिनु पर्ने पनि उहाले उल्लेख गर्नुभएको छ । संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ । केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुने जसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...