HomeFeatureजसपाले खुलायो सरकारमा कसलाई समर्थन गर्ने, समर्थन दिनका लागि राख्यो यति धेरै...

जसपाले खुलायो सरकारमा कसलाई समर्थन गर्ने, समर्थन दिनका लागि राख्यो यति धेरै शर्त

काठमाण्डौ, 9 मार्च 2021

जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संसोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ । जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाई,मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर छलफल गर्ने र माग सम्बोधन हुने विश्वसनिय आधार भएपछि मात्रै पार्टीले सरकार गठनबारेको निर्णयमा पुग्ने सांसद राजेन्द्र महतोले जानकारी दिनुभयो । उहाँले विगतमा आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपनि कांग्रेस र कम्युनिष्ट दुवैले छलछाम गर्ने गरेको उल्लेख गर्दै यसपटक भने “उधारो सहमति” कसैसंग नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रा मुद्दा केन्द्रीत भएर सबै पक्षसंग कुरा गर्छौ । हाम्रा सांसद रेशम चौधरीको रिहाई लगायत मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा राखेर आफ्ना कुरा राख्छौ । जो पक्ष हामीसंग कुरा गर्न चाहन्छ उ संग हामी कुरा गर्छौ । सबै कुरा बुझिसकेपछि पार्टीले औपचारिक निर्णय गर्छ । विगतको सबै अनुभवबाट पाठ सिक्दै आगामी दिनमा पार्टीले निर्णय गर्छ । सरकार वा सत्ताको कुरा त्यत्ति सहज छैन । मुद्दा वाँकी छन् । मुद्दा सम्बोधनको सवाल छन्,त्यो पनि विश्वसनिय हिसाबकितावले । ठगठगौति होइन । उधारो त धेरै भयो । उधारो खेती त धेरै गरिहाल्यो कि कांग्रेस,कम्युनिष्ट भनाउँदा पार्टीहरुले । उधारो खेती त कहाँ हुन्छ ? त्यसैले हुदैन । मुद्दालाई केन्द्रमा राखेर हामी काम गर्छौ । सबै संग कुरा गर्छौ र सबैको समिक्षा गरेर पार्टीले निर्णय गर्छ । भ्रममा नभई सवाल केन्द्रीत भएर निर्णय गरिने उधारो होइन । नगदमा चाहिन्छ । धेरै झुक्याए हामीलाई । अब यो हुनेवाला छैन । सबै संग वार्ता गर्ने र बैमानी सैतानि कसैको चल्नेवाला छैन यसपाली । ”

उहाँले हामी सबैपक्षसंग वार्ता गरि अवस्था बुझेर मात्रै पार्टीले आवश्यक निर्णय लिने बताउनुभयो । तत्काल अपरझट कुरा गर्नुपर्ने भएकाले दुईजना साथीलाई त्यसको नेतृत्व गर्न पठाएको र पछि पार्टीले वार्ता समितिलाई औपचारिक रुपले पुर्णता दिने पनि उहाँले जानकारी दिनुभयो । उहाँले भोली बुधबार सम्म वार्ता समितिलाई पुर्णता दिईने बताउनुभयो । जनता समाजवादी पार्टी संसदीय दलको औपचारिक बैठक मंगलबार पहिलो पटक बसेको हो । संसदीय दलको वरिष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकसंगै राष्ट्रिय जनतापार्टी नेपाल र समाजवादी पार्टीको संसदीय दल विघटन भएर जनता समाजवादी पार्टीमा औपचारिक रुपमा समायोजन भएको छ । बैठकमा दल संचालनका लागि नेता चयन र संसदीय समिति गठनको लागि विधानको मस्यौदा बनाई वितरण गरिएको र अर्को बैठकले विधान पारित गरेर संसदीय दलको नेता चयन गर्ने सांसद महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...