काठमाण्डौ, 31 मई 2020
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्नु पर्ने प्रस्ताव गर्नु भएको छ । प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने बताउँदै डाक्टर भट्टराईले एकै थरको प्रस्ताव गर्नु भएको हो ।
रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिँदै भट्टराईले क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ गइरहेको छ भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’
‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’, उहाँले प्रश्न गर्नुभयो। ‘बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्न तयार छु। सबैले थर एकै लेखौं।’
संसदमा डा. भट्टराईले भन्ननुभयो, ‘हामी सबैले जात/थर बदलौं । सबैले थरमा दलित लेख्न थालौं । बाबुराम भट्टराई दलित, कामी लेखौं । विश्वकर्मा लेखौं । यसले जातीय विभेद अन्त्य गर्न सघाउँछ ।’
जातीय छुवाछुतको अन्त्य गर्न सबैले दलित, कामी थर लेख्नुपर्छः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































