काठमाडौं, 26 अक्तूबर 2021
गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाले विविधताले भरिपूर्ण नेपाली समाजमा जाति र समुदाय विशेषका आधारमा विभेद् नहोस् भन्नेमा राज्य संवेदनशील रहेको स्पष्ट गर्नुभयो । संविधानले नै कुनै जाति समुदाय विशेषका आधारमा विभेद् नपाइने भन्ने सुनिश्चितता गरेकाले त्यसको पालना र कार्यान्वयनका लागि राज्य गम्भीर रहेको उहाले बताउनुभयो । त्यस्तै मन्त्री खाँणले बैमौषमी बर्षाका कारण आएको बाढि पहिरो पिडितलाई राहत दिदै जनजिवन सामान्य बनाउन सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो । सांसद मीन विश्वकर्माको नेतृत्वमा रहेको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको प्रतिनिधिमण्डलले दलित समुदायको सहभागितामा दलित मैत्री नीति, योजना, कार्यक्रम र बजेट तर्जुमा गर्ने व्यवस्था मिलाउनेलगायतका बुँदा समेटिएको सम्मेलनबाट पारित ज्ञापनपत्र गृहमन्त्री खाँणलाई बुझाएको हो।









































