HomeFeatureजापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ सञ्चालन हुँदै

जापानमा नेपाली पाठ्यक्रमको कक्षा ११ र १२ को पढाइ सञ्चालन हुँदै

दिल्ली, 17 मई 2022

नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको भर्चुअल उपस्थितिमा 14 मईमा आयोजित सो विद्यालयको १०औँ अभिभावक दिवसका अवसरमा उक्त जानकारी दिइएको हो । मन्त्री पौडेलले जापानमा रहेका नेपालीहरुले अन्य क्षेत्रका साथै शिक्षा क्षेत्रमा पनि योगदान गर्दै आएकोमा प्रशंसा गरे । उनले एभरेष्ट स्कुलले विदेशमा रहेर नेपालको शिक्षा क्षेत्रमा थप योगदान दिई नेपाली विद्यार्थीका लागि थप सेवा दिन सकोस् भनी कामना गरे ।भौतिक र अनलाइन दुवै माध्यमबाट आयोजित उक्त कार्यक्रममा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीले विद्यालयले निरन्तर प्रगति गर्दै नेपाली र विश्वस्तरका विद्यार्थीका लागि उदाहरणीय रूपमा गुणस्तरीय शिक्षा दिन सक्षम भएको जनाएका छन् ।कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल डा.भुपालमान श्रेष्ठ र प्रदीप थापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष डिके ढुङ्गानालगायतको सहभागिता थियो । सो विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का १९ विद्यार्थीलाई जापानबाटै परीक्षा दिलाएको थियो । विद्यालयमा हाल नेपालका साथै भारत, जापान, संयुक्त राज्य अमेरिकाका गरी ३२५ विद्यार्थी छन् । यसमा अधिकांश नेपाली छन् । सो विद्यालयका अध्यक्ष भवन भट्टले विद्यालय गत वर्ष क्याम्ब्रिज इन्टरनेसनल स्कुलको कोर्स सञ्चालनका लागि आबद्ध भएको र यस वर्ष जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रायलबाट पनि माध्यमिक विद्यालयका लागि मान्यता पाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...