सुर्खेत, १७ फरवरी,२०२०
दैलेख जिल्लाको दुल्लु नगरपालिकामा जीप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् । प्रधामन्त्री कृषि आधुनिकीकरण सुन्तला जोन परियोजना कार्यालय दुल्लूको बा १ झ ६५६७ नम्बरको जीप दुल्लू नगरपालिका ५ स्थित देउतीगढमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा चालक भैरवी गाउपालिका वडा नम्बर २ का गोकुल खत्री, सोही कार्यालयका कर्मचारी भैरवी गापा २ का माधव रिजाल, दुल्लु नगरपालिका ५ का सुरेन्द्र रिजाल, र वडा नम्बर ८ का बिक्रम रिजाल रहेका छन् ।
सोमबार कार्यालयबाट फिल्डमा जाँदैगर्दा जिपको ब्रेक फेलभई देउतिगढ कृर्षि डाँडाबाट करिब दुई सय मिटर तल दुल्लु नगरपालिका कार्यालयको भवन नजिक खसेको हो ।
घाइते ४ जनाको दुल्लू अस्पतालमा उपचार भइरहेकोमा ३ जनाको उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको छ ।









































