HomeFeatureजुम्लाका सर्वसाधारण र जनप्रतिनिधिद्वारा नेपाल बिद्युत प्राधिकरणमा धर्ना

जुम्लाका सर्वसाधारण र जनप्रतिनिधिद्वारा नेपाल बिद्युत प्राधिकरणमा धर्ना

काठमाडौं, 7 दिसम्बर 2021

जुम्लामा बिद्युत नियमित र व्यवस्थित गर्न दवाव दिन भन्दै जुम्लाका सर्वसाधारण र जनप्रतिनिधिले नेपाल बिद्युत प्राधिकरणमा धर्ना दिएका छन् । मंगलबार उनीहरुले प्राधिकरणको ध्यानाकर्षण गराउन भन्दै मौलिक सास्कृतिक पहिचान झल्कने भेषभुषा र बाजा बजाएर धर्ना दिएका थिए । राष्ट्रिय प्रशारण लाईनलाई विस्तार व्यवस्थीत गर्नुपर्ने, उज्यालो नेपाल अभियानमा जुम्लाका सवै घरधुरीलाई समेट्नुपर्ने उनीहरुको माग छ । जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्र बहादुर महतले जुम्लामा बिद्युत नियमित नभएको, मिटर तार लगाएतका सामाग्री प्राधिकरणले उपलव्ध नगराएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको बताउनुभयो । कम जनसंख्या भएको स्थानलाई प्राधिकरणले प्राथमिकतामा नराखेको गुनासो उहाले गर्नुभयो । धर्नाका क्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छलफलमा बस्न आग्रह गरेपनि आफुहरुलाई उपेक्षा गरेको भन्दै धर्नामा सहभागीहरु बाहिरैबाट फर्किएका थिए । सो क्रममा घिसिङले जुम्लामा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...