काठमाडौं, 19 जुलाई 2022
काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान 10 बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उनले जनाएका छन् ।अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको दाहालले बताए । ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको पनि उनले बताए । उनले भने ‘छेउछाउका घरमा धुलाम्मे भएका छन् । बाटोमा राखेका मोटरसाइकल पनि ग्यासबाट निस्किएको धुलोले धुलाम्मे भएका छन्,’ । प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ ।









































