Homeसमाचारखेलकुदज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, 4 अगस्ट 2023

राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन्।काठमाडौंमा आज शुक्रबार  एक पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्यास घोषणा गरेका हुन् ।

भावुक हुँदै उनले भने,  ‘यो मेरो बिदाइ हैन, यो मेरो अर्को सुरुवात हो।’

‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । यो मेरो समय हो । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भनेका छन् ।

पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बनेका थिए। पारसले दुई वर्षअघि आजकै दिन (साउन १९ गते) राष्ट्रिय टीमबाट सन्यास घोषणा गरेका थिए।

मल्लले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाए पनि एउटा फरक यात्राको आरम्भ गर्ने बताएका छन् ।

लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालीन खेलाडीको रूपमा परिचित छन् । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा जोडिएका मल्ल यु–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए ।

यु–१७, यु–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आइसिसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपाल राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...