नयाँदिल्ली, १७, मार्च, २०२०
चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाका सर्वाधिक धनी व्यक्ति ज्याक माले ट्विटरमा खाता खोलेका छन् ।
ट्विटर खाता खोलेर पहिलो ट्विट गरेका उनले १० लाख मास्क र ५ लाख कोरोना भाइरस परीक्षण किट अमेरिकातर्फ पठाएको जानकारी दिएका छन् ।
उनले आफ्नो ट्विटमा लेखेका छन्, ‘मास्क र कोरोना भाइरसको परीक्षण किटको पहिलो खेप सांघाइबाट अमेरिकाका लागि पठाइएको छ । अमेरिकामा रहेका साथीहरूलाई शुभकामना ।’
सोमबार ट्विटरमा खाता खोल्नेबित्तिकै उनलाई केही समयभित्रै झण्डै ९० हजारले फलो गरेका थिए । आफ्नो खाताबाट गरेको उक्त ट्विटलाई पछि उनले ज्याक मा फाउन्डेसनबाट रिट्विट गर्दै कठीन समयमा अमेरिकीहरूसँग हातेमालो गरेको बताएका थिए । चीनको अनुभवका आधारमा कोरोना भाइरस फैलावटको









































