HomeFeatureज्यान मार्ने उद्योग मुद्दामा फरार पासलाल तामाङ पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार पासलाल तामाङ पक्राउ

काठमाडौं, १९ फरवरी, २०२०
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ बोल्देकामा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका  पासलाल तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

बलेफी हाइड्रोपावरमा काम गर्ने ठेकदार लगायत अन्य व्यक्तिहरुलाई  हातहतियार देखाएर ज्यान मार्ने धम्की दिएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई जडीबुट्टीबाट पक्राउ गरेको हो ।

महिलालाई समेत अभद्र व्यवहार गरेको सूचनाको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ परेका तामाङ हाल काठमाडौंको जोरपाटीमा बस्दै आएका थिए ।

यसअघि तामाङ कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल बसेर छुटेका थिए । सिंहका अनुसार तामाङ सिन्धुपाल्चोकमा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार सूचीका व्यक्ति हुन् । पक्राउ गरिएका तामाङलाई आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...