HomeFeatureझण्डै दुइतिहाईको नजिक पुगेको वामपन्थी आन्दोलन जोगाउन सकिएन: ओली

झण्डै दुइतिहाईको नजिक पुगेको वामपन्थी आन्दोलन जोगाउन सकिएन: ओली

काठमाडौं, 14 फरवरी 2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेम दिवसको शुभकामना दिएका छन्। आज (मंगलबार) पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले प्रेम दिवसको शुभकामना दिएका हुन्।

‘सबैलाई धेरै शुभकामना छ। ह्याप्पी भ्यालेन्टाइन,’ ओलीले भने, ‘तपाईहरुले लभ यु केपी बा भन्नुहुन्छ। तपाईहरुलाई आइ लभ यु टु।’

अध्यक्ष ओलीले झण्डै दुइतिहाईको नजिक पुगेको वामपन्थी आन्दोलन जोगाउन नसकेको समेत बताएका छन् । वामपन्थी आन्दोलन टुटाउन पार्टीभित्रकै केही मान्छे लागेको उनले बताए । बाहिरी प्रहारले भन्दापनि आन्तरिक प्रहारका कारण पार्टीलाई ध्वस्त बनाउन खोजेको उनले बताए । ‘हामीलाई घेराबन्दीमा पारिएकै हो । हामी घेराबन्दीमा पर्यौं । झण्डै दुईतिहाईको अवस्थामा पुगेको वामपन्थी आन्दोलनलाई जोगाउन दिएनन् । जोगाउन सकिएन । त्यसमाथि प्रहार भयो । भित्रैबाट प्रहार, बाहिरैबाट प्रहार । बाहिरको प्रहारलाई त हामी सजिलैसँग झेल्थ्यो तर भित्रको प्रहारलाई झेल्न सकिएन । भित्रैका प्रहारले हामीलाई ध्वस्त बनायो,’ उनले भने ।

माओवादी केन्द्र र एमाले मिलेर बनेको तत्कालीन नेकपा कायमै रहेको अवस्थामा आफूलाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको उनले स्मरण गरे । यसरी चौतर्फी धेराबन्दीमा पारेर पार्टीलाई ध्वस्त बनाएपनि अहिले पार्टी उठिसकेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...