HomeFeatureझलनाथ खनालको उपचार खर्च राज्यले बेहोर्ने विषय गैरकानुनी : गगन थापा

झलनाथ खनालको उपचार खर्च राज्यले बेहोर्ने विषय गैरकानुनी : गगन थापा

काठमाण्डौ, 21 जुलाई 2021

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खनालसँगको टेलिफोन संवादका क्रममा उपचार खर्च सरकारले व्यहोर्ने बताएको समाचार सार्वजनिक भएपछि उनले असन्तुष्टि जनाएका हुन्। नेता थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी भएको स्मरण गर्दै अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी कांग्रेस नेतृत्वको सरकारले नबोक्ने विश्वास व्यक्त गरेका छन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नेछैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ’, उनले ट्विट गरेका छन्। मिर्गौलामा गम्भीर समस्या भएपछि भारतको नयाँ दिल्लीमा उपचाररत खनालसँग प्रधानमन्त्री देउवाले मंगलबार खुमलटार पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मोबाइलबाट संवाद गरेका थिए। ‘तपाईं ढुक्कसाथ उपचारमा लाग्नुस्। तपाईंको उपचार खर्च सबै सरकारले व्यहोर्छ’, प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले भनेका थिए, ‘तपाईं निको भएर फर्किनुहोला, उपचारका लागि कुनै कमी हुन नदिने वचन दिन्छु।’ खनालको मिर्गौलामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। तर त्यहाँ अवस्था झन् जटिल भएपछि उनलाई असारको सुरुवातमा उपचारका लागि दिल्ली लगिएको थियो। दिल्लीमा उपचाररत खनालको सबै उपचार खर्च तत्कालीन केपी ओली नेतृत्वको सरकारले गर्ने घोषणा गरेको थियो। तर त्यसबेला कांग्रेसका नेता थापासहितले सरकारको निर्णयको चर्को विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...