पाल्पा, ६ मार्च, २०२०
पाल्पाको तानसने ७ लामीडांडामा ट्रिप्परकोले मोटरसाईकललाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन् ।
तानसेनदेखी बुटवल आउदै गरेको लु ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउदै गरेको लुं २ ख । ३१ ७८ नम्बरको टिप्परले ठक्कर दिदाँ मोटरसाईलमा सवार तानसेन नगरपालिका बार्ड ७ कि ५५ बर्षिय मधु श्रेष्ठको मृत्यु भएको पाल्पाका अनुसार जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनका श्रीमान् हिमाल प्रसाद श्रेष्ठ गम्भीर घाईते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भईरहेको छ । प्रहरीले ठककर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।









































