नयाँ दिल्ली, 28 फरवरी 2020/ खुम गुरूङ
तमु (गुरूङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन लमजुङको पसगाँउ जिल्लास्थित क्होला सोंथर गाँउपालिका वडा न. 6 मा हुँदैछ। यस महाधिवेशनमा देश तथा विदेशमा रहेका गुरूङ सञ्चारकर्मीहरू एकत्रित भएका छन्। यसै महाधिवेशनमा उपस्थितिको लागि तमु (गुरूङ) सञ्चारकर्मी संघ नेपालका सदस्य तथा नेशनल लाईभ टेलिभिजनकर्मी खुमबहादुर गुरूङसहित लगभग 70 सदस्यीय टोली 2 बसहरूमार्फत् त्यसतर्फ प्रस्थान गरेको छ। पोखरास्थित अमर सिंह चौकमा रहेको लेकाली चुल्हो घरमा सम्पूर्ण तमु सञ्चारकर्मीहरू भेला भई साढे 12 बजे लमजुङको पसगाँउ तर्फ प्रस्थान गरेको हो।
यही फागुन 16 देखि 18 गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन गण्डकी प्रदेशका अर्थमन्त्री तथा महाधिवेशनका प्रमुख अथिति किरण गुरूङले गर्नुहुनेछ।









































