काठमाडौं, 13 सितंबर 2022
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधि–मण्डलसँग भेटवार्ता गरेका छन् । बानेश्वरस्थित संसद् भवनमा मंगलवार बिहान भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरे । उनले बीआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरूको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए ।
नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तत्काल खोल्न समेत आग्रह गरे। चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड-१९ को संक्रमण बढ्दै जाँदा समान बोकेर नेपाल हिँडेका कन्टेनरहरु सीमा नाकामै रोकिएका छन्। त्यस्तै, अध्यक्ष प्रचण्डले नेपाल र चीनबिच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने बताएको प्रचण्डको सचिवालयले जनाएको छ।
उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरेका थिए ।









































