HomeFeatureतामाङ समुदायले धुमधामका साथ  मनाए सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष

तामाङ समुदायले धुमधामका साथ  मनाए सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष

काठमाण्डौँ, 25 जनवरी 2020

तामाङ समुदायले शनिबार विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन्। सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत गर्न देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका हुन्। तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुआती वर्षको रुपमा समेत मनाउने गरिन्छ। मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिवार नयाँ वर्ष मनाएका हुन्। पात्रो अनुसार शनिवारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ।

तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहनगोले तामाङले प्रत्येक जनावरले एक-एक पटक शासन गर्छन भन्ने विश्वास सहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको बताउनुभयो।

सोनाम ल्होसारलाई मुसा,  गाई,  बाघ,  खरायो,  ड्रागन (मेघ),  सर्प, घोडा,  भेडा,  बाँदर,  चरा,  कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ। काठमाण्डौँको टुडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति,  भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो। तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाकि समेत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...