HomeFeatureताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन...

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन रोजगारमन्त्रीको निर्देशन

काठमाडौं, 17 नवम्बर 2021

श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिनुभएको छ । बुधबार आकस्मीक अनुगमनका क्रममा वैदेशिक रोजगार कार्यालय पुग्नु भएका मन्त्री श्रेष्ठ समक्ष सेवाग्रहीको धेरै गुनासो आएपछि सेवा प्रवाहलाई चुस्त र छरितो बनाउन निर्देशन दिनुभएको हो । करिव दुई घण्टाको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कार्यालयबाट हुने गरेका सवै कामहरुको बारेमा जानकारी लिनुभएको थियो । अनुगमनपछि मन्त्री श्रेष्ठले बिहीबारबाटै सेवा प्रवाहमा सुधार गर्ने गरि काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो । त्यस्तै टोकन सिष्टममा देखिएका समस्या समाधानलागि पनि उहाले निर्देशन दिनुभएको थियो । श्रमिहरुलाई नियतबस दुख दिने कुनै पनि काम नगर्न निर्देशन दिदै सेवा प्रवाहमा कुनै कानूनी झण्झटहरु भए समाधान गर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्री श्रेष्ठको अनुगमनका क्रममा सेवाग्रहीले भने एउटै कामका लागि दुई तीन दिन लाग्ने गरेको र यसका कारण पूर्वनिर्धारित उडान छुट्ने देखिएको गुसानो गरेका थिए । टोकन दिन दुई दिनसम्म पनि धाउदा नपाएको गुनासो उनीहरुको छ । अनुगमनपछि मन्त्री श्रेष्ठले सेवा प्रवाहमा सुधारका काम नभए कारवाही गर्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...