HomeFeatureतिहारका लागि भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइ नभ्याई

तिहारका लागि भक्तपुरमा माटाका भाँडा बनाउन भ्याइ नभ्याई

काठमाण्डौ,9 नोवेम्बर 2020

दीपावलीमा दियो बाल्नका लागि प्रयोग हुने माटाका पाला देखि माटाका अन्य भाँडाहरु बनाउन यतिवेला भक्तपुरका प्रजापतिहरुलाई भ्याइनभ्याई छ। तर यसवर्ष कोभिडको कारण माटाका भाँडाको व्यापारमा असर परेको छ। यस्तै माटो नपाउने समस्याले पेशा नै लोप हुने चिन्तामा प्रजापतिहरु छन। दीपावलीको समय नजिकिदै आएपछि भक्तपुर नगर, मध्यपुर थिमीका प्रजापति समुदायलाई यतिखेर माटाका पाला सहित माटाका भाँडा बनाउन भ्याइनभ्याई छ। अन्य समयमा माटाका भाँडाहरु फाटफुट विक्री हुने गरेको भएपनि तिहारको समयमा भने धेरै नै विक्री हुने गरेको छ। तर यस वर्ष भने निकै कम माग भएको कृष्णश्याम प्रजापतिले बताउनुभएको छ। उहाँले गत वर्ष दैनिक तीन/चार हजारको संख्यामा विक्री हुने गरेकोमा अहिले आधा भन्दा कम मात्रै विक्री हुने गरेको बताउनुभयो।

तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ। त्यसबाहेक पनि अम्बरा, धुपौरो, गमला, सुराई, कालिञ्चा, खुत्रुके लगायतका सामानको माग पनि बढी नै हुनेगर्छ। तर यसपटक कोभिडका कारण माग घटेको छ। माटाको भाँडाको माग घटेको भन्दापनि माटो नपाउने समस्या ठूलो भएको प्रजापतिले बताउनुभयो। भुक्तपुरका अधिकांश क्षेत्रमा घना वस्ती बसेसँगै माटो नपाउने समस्या आएको हो। माटो नपाएकै कारण अवको आठ/दश वर्षमा पेशा नै लोप हुने अवस्थामा पुग्ने सम्भावना पनि देखिएको छ।

प्रजापति समुदायले अगाल्दै आएको यो पेशा निकै पुरानो हो। त्यसैले यो पेशालाई बचाई राख्नुपर्ने देखिन्छ। तर परम्परागत पेशालाई बचाउनका लागि आफुहरुले भन्दा सरकारले नै पहल गर्नुपर्ने देखिन्छ । आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउने देखि पकाउने सबै काममा प्रविधि भित्रिदा सजिलो भएको छ। तर माटो नै नपाउने समस्याले प्रजापति समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप नहोला भन्न सकिन्न।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...