HomeFeatureतिहारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापारमा वृद्धि

तिहारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापारमा वृद्धि

काठमाण्डौ, 11 नोवेम्बर 2020

ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतिक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटिकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । दिदिबहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन् । त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ । यसपटकको तिहारमा कोभिडको असर भएपनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन् । ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो। ढाकाटोपी केवल शिर ढाक्ने बस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो । यो हाम्रो आस्थाको प्रतिक पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह व्रतवन्धन, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ । तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टिका र शिरमा ढाकाटोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्दछन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाईलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ । त्यसैले तिहार नजिकिदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यपारीहरु बताउँछन् । यसपटक सबै क्षेत्रमा कोभिडको असर परेपनि ढाका टोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाई छ ।

ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ । ढाका टोपी प्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ । पछिल्लो समय नयाँ पुष्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको छ । चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागि हुँदा समेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको शिलवालको भनाई छ ।

नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढेपनि तिहारमा ढाकाटोपी भन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको छ । यसले भाइटिकामा ढाका टोपीको प्रयोग गर्ने र भाइटिकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौति दिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...