HomeFeatureतीन दिन भित्र कर न दिनेलाई सिलबन्दी गर्ने, काठमाण्डौं महानगरपालिकाको चेतावनी

तीन दिन भित्र कर न दिनेलाई सिलबन्दी गर्ने, काठमाण्डौं महानगरपालिकाको चेतावनी

काठमाण्डौ, 28 जुलाई 2021

काठमाण्डौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै  तीन दिन भित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३ दिन भित्र अर्थात् साउन १६ गत भित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो । उनीहरुबाट करिव ७० करोड कर असुली गर्न बाँकी रहेको अनुमान गरिएको छ । तोकिएको समय भित्र पनि अटेर गरेर कर नतिरे ती करदाताहरुको व्यवसायमा तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्नेसहितको कडा कारवाही गर्ने काठमाडौं महानगरपालिकाको राजस्व विभागका विभागीय प्रमुख डा. शिवराज अधिकारीले बताउनुभयो ।

 उहाँले भन्नु भयो, “कर दाखिला तीन दिन भित्र पनि नगरे राजस्व ऐन, स्थानीय सरकार संचालन ऐन र प्रचलित कानुन, नीति, नियम अनुसार उनीहरुको व्यवसाय तालाबन्दी गर्ने, सम्पत्ति रोक्का गर्ने लगायत कडा कारवाही गरिनेछ ।”

काठमाडौं महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लव, युनाईटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाईटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् । त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमलसमेत गरेर २३ वटा ठूला कर दाताले अटेर गरेपछि ३ दिन भित्र कर असुल गर्न माईकिङ समेत गरेर ताकेता गर्नु परेको महानगरले जनाएको छ । विभागीय प्रमुख अधिकारीले कतिपय करदाताहरुलाई अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गरिरहेको बताउनुभयो ।राजस्व विभागले सम्पत्ति कर सम्बन्धित वडा कार्यालयबाटै उठाउँदै आएको छ । तर ठूला करदाताहरुले कर नतिर्न अदालत जानेलगायतका काम गरेपछि असुलीको काम आफैले गर्नु परेको पनि विभागीय प्रमुख अधिकारीले स्पष्ट पार्र्नुभयो । तत्काल सबै सम्पत्ति कर असुली गर्न समस्या भए वर्ष दिन भित्र ३ वटा किस्तामा दाखिला गर्न पनि राजस्व विभागले करदाताहरुलाई सूचित समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...